काठमाडौँ । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शर्माले अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकाले प्रचलित कानूनबमोजिम निज स्वतः पदबाट निलम्वन भएको पनि बताएकी टन् ।
प्रतिक्रिया