• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

    1.3K
    SHARES



    काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

    आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जबराले जानकारी दिए ।

    गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

    सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका प्रधान २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।

    त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी नागरिक समाजको आन्दोलन र विभिन्न अभियानमा सक्रिय थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया