• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

    1.2K
    SHARES



    काठमाडौँ । संघीय संसद् सचिवालय बानेश्वरमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

    दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

    ‘गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले बताएको छ ।

    उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ