काठमाडौँ । मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाल प्रहरीको निगरानीमा रहेका छन् ।
मापसे गरेर होहल्ला गरेको र सर्वसाधारणलाई गाली गरेको भन्दै गुनासो आएपछि सोमबार प्रहरीले दाहाललाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीपकुमार सिंहले मापसे गरेका दाहाललाई उद्धार गरेर प्रहरी कार्यालय ल्याइएको र उनको निगरानी भइरहेको बताएका छन् ।
प्रतिक्रिया