• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    अफगानिस्तान बिरुद्ध वेष्टइन्डिजका प्लेयर पुरनको आक्रामक ब्याटिङ, दियो २१९ रनको लक्ष्य

    2.2K
    SHARES



    काठमाडौँ । टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजका प्लेयर निकोलस पुरनले आक्रामक ब्याटिङ गरेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रन बनाएको हो ।

    पुरणले ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । पाँचौँ विकेटको रूपमा आउट भए पनि उनले ८ छक्का र ६ चौकाको मद्दतले ९८ रन बनाएर रनआउट भए ।

    जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए । अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एक/एक विकेट लिए ।

    जारी विश्वकपमा २१९ को लक्ष्य तथा पुरणको ९८ रन नै उच्च रन हो । समूह सीबाट अफगानिस्तान र वेष्टइन्डिज दुवै अपराजित हुँदै सुपर-८ मा पुगिसकेका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया