• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्वास्थ्य चाैकीकाे फ्रिजमा वियर राख्ने कर्मचारीलाई नियमानुसार कारवाही हुन्छ: नगरप्रमुख ढकाल

    1K
    SHARES



    मोहन सिंह धामी अछाम । अछामको कमलबजार नगरपालिकामा रहेको एक स्वास्थ्य चौकीको फ्रिज भित्र बियरका बोत्तल भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरप्रमुख यज्ञ प्रसाद ढकालले त्यहाँका कर्मचारीलाई नियमानुसार कारवाही गरिने बताएका छन् ।

    सञ्चारकेन्द्रसँग कुरागर्दै नगरप्रमुख ढकालले आज (शुक्रबार) नै कर्मचारीलाई नगरपालिका कार्यालय बोलाएर स्पष्टीकरण सोध्ने र नियमानुसार कारवाही प्रकृया अगाडि बढाउने बताएका हुन् ।  

    कमलबजार नगरपालिका-९ मष्टाबण्डाली स्थित स्वास्थ्य चौकीमा खोप लगायत स्वास्थ्य सामग्री राख्नको लागी प्रयोग गरिएको ‘फ्रिज’ मा ३ वटा बियरका बोतल भेटिएका थिए ।

    स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भैरहेकाबेला नगरप्रमुख  ढकालले उक्त विषयमा आवश्यक अनुसन्धान र नियमानुसार कारवाही गरिने बताएका हुन् । 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया