• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नार्कले कृषि अनुसन्धानमा राम्रो नतिजा दिन सकेन : कृषि मन्त्री साह

    777
    SHARES



    काठमाडौँ । कृषि तथा पशुपछी विकासमन्त्री ज्वाला कुमारी साहले कृषि क्षेत्रमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले राम्रो नतिजा दिन नसकेको गुनासो गरेकी छन् ।

    नार्क अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रको ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीमा मन्त्री साहले कृषि क्षेत्रमा नार्कका वैज्ञानिकले रिजल्ट आउने गरी काम नगरेको गुनासो गरेकी हुन् ।

    ‘नार्कका वैज्ञानिक साथीहरूले रिजल्ट आउने गरी काम गर्नुपर्‍यो,’ उनले भनिन्, ‘छोटो समयावधिका लागि कार्ययोजना बनाएर ३ महिना वा ६ महिनामा रिजल्ट दिन्छु भनेर लाग्नु पर्‍यो ।’

    यस्तै मन्त्री साहले कृषि क्षेत्रमा कार्यरत कर्मचारी समान रूपले वैदेशिक भ्रमणमा जान मिल्ने गरी मापदण्ड बनाउने बताइन् । ‘मापदण्ड बनाएर सबै कर्मचारीलाई समान तरिकाले विदेश जाने परिपाटि ल्याउनु पर्छ,’ उनले भनिन्, ‘वैदेशिक भ्रमणमा कति गएका छन्, एक जना कति पटक गएका छन्, नियाल्न पाउनुपर्छ ।’

    एकै कर्मचारी पटक-पटक वैदेशिक भ्रमण जाने तर अरूले अवसर नपाउने भन्दै मन्त्री साहले अन्य कर्मचारी अवसर नपाउने तर्क गरिन् । ‘वैदेशिक भ्रमणमा अरू कर्मचारीलाई समान भएको छ की छैन ?’ उनले प्रश्न गरिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया