• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त

3.3K
SHARES



काठमाडौँ। भारतीय वायुसेनाको सुखोई लडाकु विमान महाराष्ट्रको नासिकमा दुर्घटना भएको छ । मंगलबार दुर्घटनाग्रस्त विमान सुखोई एसयू-३० एमकेआई भएको र यसका पाइलट र को-पाइलट सकुशल निस्किन सकेको नासिक रेन्जका विशेष महानिरीक्षक डीआर करालेले बताए ।

विमान शिरसगाउँ गाउँ नजिकैको खेतमा दुर्घटना भएको थियो । विमानलाई विङ कमाण्डर बोकिल र उनका सेकेन्ड इन कमान्ड विश्वास उडाइरहेका थिए ।

दुवै पाइलटलाई सामान्य चोटपटक लागेको बताइएको छ । उनीहरूलाई एचएएल अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो । आगो निभाइएको बताइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ