• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    कति छ भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ? सार्वजनिक भयो यस्तो विवरण

    1.4K
    SHARES



    काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

    बाराणशीमा उम्मेदवारी दिने क्रममा मंगलबार बुझाइएको सम्पत्ति विवरणमा प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड भन्दा बढी रहेको सार्वजनिक भएको हो।

    बिबिसी हिन्दीका अनुसार उनीसँग ३ करोड २ लाख ६ हजार ८८९ चल सम्पत्ति छ। त्यसमध्ये २ करोड ८५ लाख भारतीय रूपैयाँ भारतीय स्टेट बैंकमा मुद्दती खातामा रहेको विवरणमा उल्लेख छ।

    यसका अतिरिक्त मोदीसँग सुनका चार औँठी छ। जसको मूल्य २ लाख ६७ हजार भारतीय रूपैयाँ बताइएको छ।

    विवरणमा मोदीले आफूसँग ५२ हजार ९२० रूपैयाँ नगद रहेको र ९ लाख १२ हजार रूपैयाँ बरारबरको नेशनल सेभिङ सर्टिफिकेट रहेको उल्लेख गरेका छन्।

    अचल सम्पत्तिबारे भने विवरणमा केही उल्लेख नभएको भनिएको छ। सम्पत्ति विवरणमा मोदीको श्रीमतीको नाम जशोदाबेन उल्लेख गरिएको छ।

    सन् २०१९ को लोकसभा चुनावमा मोदीले आफूसँग साढे २ करोडको सम्पत्ति रहेको बताएका थिए। त्यसअघि २०१४ मा उनले बुझाएको सम्पत्ति विवरणमा १ करोड ६५ लाख रूपैयाँ सम्पत्ति रहेको उल्लेख गरेका थिए।

    बिबिसीका अनुसार मोदीले अघिल्लो आर्थिक वर्षमा ३ लाख ३३ हजार रूपैयाँ आयकर बुझाएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ