• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

    0.9K
    SHARES



    इलाम । इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई हराउँदै नेम्वाङ  निर्वाचित भएका हुन् ।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित विजयी नेम्वाङले २७ हजार ७ ७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८ सय ३० मत रह्यो ।

    त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरे ।

    १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

    यस्तै, रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवार सो बराबर मत ल्याउन असफल भएका हुन् ।

    इलाम २ मा सदर मत ६८ हजार ४ सय ७२ हो भने जमानत जोगाउन कम्तीमा ६ हजार ४ मत ल्याउनुपर्ने हुन्छ । लिम्बुले ५ हजार ५० मतमात्रै पाए ।

    एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी, नेमकिपा, राप्रपा नेपालका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भयो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ