• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो- ओली

    603
    SHARES



    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को जितले मिसन ०८४ बलियो बनाएको बताएका छन् ।

    ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘दुईवटा उपनिर्वाचन एमालेले जित्यो’, उनले भने, ‘यो हाम्रो मिसन ०८४ सफलताको सुरुवात हो । हामी मिसन ०८४ लाई सफल बनाएर छाड्छौँ ।’

    ओलीले एमालेलाई सक्न धेरै कोसिस भएका बताए । ‘एमालेलाई सिद्धाउन पटक पटक कोसिस गरे तर सफल हुन सकेनन्’, उनले भने, ‘सबै साथीहरूलाई मिसन ०८४ मा सहभागी हुन अपिल छ । आन्दोलन बलियो र विजयी भए नेता कार्यकर्ता त्यसै बलियो हुन्छन् । आफूलाई वामपन्थी भन्ने सबै शक्ति र व्यक्तिलाई एमालेको धारमा मिसिन आग्रह गर्छु ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ