• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    दैलेखको दुल्लुमा नबिलको २६८औं शाखा सञ्चालनमा

    1.8K
    SHARES



    काठमाडौं । नबिल बैंकले दैलेखको दुल्लुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दैलेखको दुल्लु नगरपालिकामा सञ्चालनमा ल्याएको नबिलको यो २६८औँ शाखा हो ।

    दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजाल र नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् । नगरपालिका प्रमुख रिजालले नबिलले शाखा सञ्चालनमा ल्याएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहज हुने बताएका छन् ।

    देशकै अग्रणी बैंकले आफ्नो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रुपमा नयाँ शाखा सञ्चालनमा ल्याउँदा आफूलाई निकै खुसी लागेको बताउँदै दुल्लुका जनतामा वित्तीय पहुँच बढाउन र उद्यम व्यवसाय विस्तार गर्न सहयोग पुग्ने लिका प्रमुख रिजालले बताए ।

    बैंकका डेपुटी सिइओ ज्ञवालीले शाखाबाट ग्राहकलाई सबै खालका बैंकिङ सेवा उपलब्ध गराउने बताएका छन् । नबिलको नयाँ शाखा दुल्लु नगरपालिकामा निजी क्षेत्रको बैंकको पहिलो शाखा बनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ