• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    जापानले बनायो ६जी चल्ने डिभाइस, ५जीको भन्दा २० गुणा बढी स्पिड

    2.1K
    SHARES



    काठमाडौँ। जापानले ६जी चल्ने डिभाइस बनाएको छ । ६जी चल्ने विश्वको पहिलो उपकरण भएको बताइएको छ ।

    यो एउटा प्रोटोटाइप डिभाइस मात्रै हो । तर यसको स्पिड ३ सय फिटभन्दा फराकिलो दायरामा पनि सय जीबीपीएस भन्दा धेरै छ । अहिलेको ५जी प्रविधिको तुलनामा यसको गति २० गुणा बढी रहेको बताइएको छ ।

    यो डिभाइस जापानी दूरसञ्चार कम्पनीहरू डोकोमो, एनटीटी कर्पाेरेशन, एनईसी कर्पोरेशन र फुजित्सुलगायतले मिलेर बनाएका हुन् । समाचारका अनुसार यो ६जी प्रोटोटाइप डिभाइस १०० गीगाहर्ज ब्याडमा घरभित्र १०० जीबीपीएसको गतिले चल्छ । घर बाहिर भने यही गतिमा चल्न ३०० गिगाहर्ज ब्यान्ड चाहिने बताइएको छ ।

    गएको वर्ष चीनले विश्वको सबैभन्दा छिटो गतिको इन्टरनेट ल्याएको थियो । यसको गति विद्यमान ५जी इन्टरनेटको तुलनामा १० गुणा बढी थियो । यस गतिमा एक सेकेण्डमा १५० एचडी फिल्मको प्रत्यक्ष प्रसारण वा डाउनलोड गर्न सकिने दाबी गरिएको थियो ।

    सिङ्गुआ युनिभर्सिटी, चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सर्नेट कर्पाेरेशनको सहयोगमा चीनले विश्वको सबैभन्दा छिटो इन्टरनेट परियोजना सम्पन्न गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ