• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाली सेनामा जागिर खुल्यो, ३ सय १९ जनाको दरखास्त आह्वान

    645
    SHARES



    काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३ सय १९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

    जंगी अड्डाले बिहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३ सय १९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।

    नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

    सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेबसाइटमार्फत दरखास्त दिन सक्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया