• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्वास्थ्य बीमाबारे भ्रामक सुचना दिनेलाई कारबाही गर्दै मन्त्रालय

    747
    SHARES



    काठमाडौं । नि:शुल्क स्वास्थ्य बिमा भन्दै भ्रामक विज्ञापन फैलाउनेलाई स्वास्थ्या मन्त्रालयले कार्भाई गर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गरिने भएको छ ।

    केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको र त्यस्ता सूचना, विज्ञापनमा कुनै सत्यता नभएकाले विज्ञापनमा क्लिक नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

    यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरूलाई कानुनअनुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ