काठमाडौँ । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
यो सम्झौतासँगै अब एनसेलका ग्राहकले सिम तथा डेटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी बैंकको पेमेन्ट गेटवेमार्फत रियल टाइम पेमेन्टको सुविधा पाउनेछन् ।
सम्झौताअनुसार बैंकको एप प्रयोगकर्ताले पनि ‘एन बैंक’ एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनसेलका प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतिक्रिया