• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सङ्घीय संसद्को वेबसाइट ह्याक गरेर लेखियो– ‘स्टप सपोर्टिङ चाइना’

    613
    SHARES



    काठमाडौँ । पछिल्लो समय निरन्तर जसो भइरहेको सङ्घीय संसद्को वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन् ।

    बिहीबार पनि सङ्घीय संसद्को वेबसाइट ह्याक भएको छ । वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ । फोटोमा ‘वी आर युअर ड्याड’ समेत लेखिएको छ ।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ । केही समय अघि मात्रै हामीले थाहा पायौँ । यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ ।’

    सरकारी कार्यालय त्यो पनि सङ्घीय संसद्को वेबसाइट पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृत्ति बढेको छ । जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ