• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नयाँ कृषि सहकारीको लफडा सुल्झाएर रिहा भएलगत्तै लीलाबहादुर गुरुङ फेरि पक्राउ

    781
    SHARES



    काठमाडौँ । नयाँ कृषि सहकारीको लफडा सुल्झाएर रिहा भएलगत्तै लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेपनि सहकारीको रकम हिनामिना प्रकरणमा लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो ।

    उनीविरुद्ध उपकार सहकारी ठगी प्रकरणमा उजुरी रहेकाले ललितपुर प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यसअघि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा सीआईबीबाट पक्राउ परेका उनीहरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको थियो ।

    सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको भएपनि ललितपुर प्रहरीको पत्राचारका आधारमा उनलाई फेरि त्यहाँ बुझाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । नयाँ कृषि सहकारीमा आबद्ध गुरुङ उपकार सहकारीको पनि उपाध्यक्ष रहेको बताइएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ