• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    उपनिर्वाचनमा कांग्रेस जिताउन म नै उम्मेदवार हुँ भनेर लाग्नुस्- शेखर कोइराला

    834
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा कांग्रेस जिताउन पार्टीका सबै तहलाई निर्देशन पनि दिए । कोइरालाले आफुनै उम्मेदवार हुँ भनेर निर्वाचनमा जुट्न निर्देशन पनि दिएका हुन् ।

    उपनिर्वाचनको प्रचारमा इलाम पुगेका नेता कोइरालाले कांग्रेसका लागि उपनिर्वाचन प्रतिष्ठाको विषय भएको बताए । कोइरालाले भने- ‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको छ यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको विषय भएको छ’ ।

    कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाब बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

    टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताले मन दुखाउन नहुने उनको भनाइ थियो । कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको बताएका छन् ।

    कांग्रेसका हरेक कार्यकर्तालाई ‘म नै उम्मेदवार हुँ’ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम-२ मा कांग्रेसले जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया