• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

    895
    SHARES



    काठमाण्डौ। पेरिस ओलम्पिकको टिकट किन्न चाहने हरुले नयाँ मौका पाउने छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को २ लाख ५० हजार थान टिकट जारी गर्ने बताएका छन् ।

    अप्रिल १७ देखि सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि नयाँ टिकट विक्री गर्न राख्ने उनको भनाई रहेको छ । यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उनले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताए ।

    खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने भनिएको छ । पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि भने अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक  ।

    यस्तै, नेपालले एसीसी प्रिमियर कपको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले १२ अप्रिलमा मलेसियासँग खेल्ने भएको हो ।

    टी-२० फर्म्याटमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसियासँगै, हङकङ, कतार र साउदी अरब छन् । समूह ‘बी’ मा आयोजक ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन् । त्यस्तै, समूह चरणको दोस्रो खेल नेपालले कतारसँग १३ अप्रिलमा खेल्ने छ । हङकङसँग १५ अप्रिल र साउदी अरबसँग १७ अप्रिलमा खेल्ने नेपालले समूह चरणका खेल सक्काउने छन् ।

    समूहमा शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्ने दुई टोलीले फाइनल खेल्नेछन् । यो प्रतियोगिता जित्ने टोली सन् २०२५ मा टी-२० फर्म्याटमा आयोजना हुने एशिया कपमा पुग्नेछ । शीर्ष ३ टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्नेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ