• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा- आज ३ वटा खेल हुँदै

    800
    SHARES



    काठमाण्डौ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ३–० गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो ।

    आर्सनलको ३१ खेलमा ७१ अङ्क छ । एक खेल कम खेलेको लिभरपुल ७० अङ्कसहित दोस्रो स्थानमा रहेको छ । ३१ खेलमा ७० अङ्क रहेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । सिटीले गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई ४-२ गोलले हरायो ।

    त्यस्तै अरू खेलमा एभर्टनले बर्नलीलाई र न्यूक्यासल युनाइटेडले फुलहमलाई समान १-० गोलले, लुटन टाउनले बर्नमाउथलाई र वेस्ट ह्यामले उल्भ्सलाई समान २-१ गोलले हरायो । एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३-३ गोलको बराबरी खेलेका छन् ।

    प्रिमियर लिगमा आज तीनवटा खेल हुँदैछन् । आज बेलुका सवा ८ बजे म्यानचेस्टर युनाईटेड र लिभरपुल, राति सवा १० बजे सेफिल्ड यूनाइटेड र चेल्सी तथा पौने ११ बजे टोटनहम र नटिङ्घम फरेस्टबीच खेल हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ