• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपालले फ्रेन्डसिप कपको फाइनल गुजरातसँग खेल्ने

    1.5K
    SHARES



    काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० क्रिकेट प्रतियोगिताकाे फाइनलमा गुजरातसँग खेल्ने भएको छ । नेपाल र गुजरातबीचको फाइनल खेल आइतबार हुने भएको छ ।

    बिहीबार गुजरातले बरोडालाई ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । तर सुरुवाती तीन खेलमा जितेर नेपाल फाइनलमा पुगिसकेको छ ।

    नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर दोस्रो स्थानमा छ । बरोडा भने ३ खेलमा अंकविहीन हुँदै पुछारमा छ ।

    नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रो खेलमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो ।

    अर्को सातादेखि ओमानमा एसीसी वुमन्स प्रिमियर कप टी-२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीको लागि भारत भ्रमणमा छ ।

    प्रिमियर कपमा नेपालको समूह ए मा मलेसिया, हङकङ, कतार र साउदी अरेबिया छन् । अर्को समूहमा ओमान, युएई, बहराइन, कम्बोडिया र कुवेत छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया