• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    गुजरातविरुद्ध नेपालको सानदार जित

    1.5K
    SHARES



    काठमाडौं । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । ९९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

    गुलसन झा र करन केसीको उत्कृष्ट बलिङमा ९८ रनमा रोकेको गुजरातविरुद्धको जितमा नेपालका अनिल साहले नटआउट ३२ र रोहीत पौडेल नटआउट ३३ रन बनाए । कुशल भुर्तेल १७ रनमा आउट हुँदा आसिफ सेख १६ रनमा पभेलिएन फर्किए ।

    टस जितेर पहिला बलिङ रोजेको नेपालका गुलसन एक्लैले चार विकेट लिए । करण केसीले तीन विकेट र सोमपाल कामीले एक विकेट लिँदा गुजरात १८.२ ओभर अलआउट भयो । गुजरातको दुई विकेट रन आउट भएको थियो ।

    नेपालले एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्न लागेको हो नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा पनि सहभागी रहेको छ । नेपालले दोस्रो खेल अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।

    यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ । प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया