• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

भिडियो

‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

11.2K
SHARES



काठमाडौं। चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो । खजुरे ब्रो चर्चित मोडल नीति शाहको ‘डेब्यू’ चलचित्र हो । तर सार्वजनिक भएको गीतमा उनको परिचय मात्रै गराइएको छ ।

गीतमा चलचित्रका अन्य मुख्य कालकारहरु रेयर राई, महेश त्रिपाठीलगायतले मुख्य स्थान पाएका छन् । अनमोल राईले लेखेको यो गीतमा अनमोल स्वयंमको र अनुपम राईको स्वर रहेको छ ।

धरानका एक व्यक्तिको जीवनबाट प्रभावित भएर यो फिल्म निर्माण गरिएको हो । यस फिल्मका लेखक र निर्देशक सुरज सुनुवार हुन् ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टले मान्द्रो प्रोडक्स्न मल्टीप्रपोजसँग सहकार्य गरेर निर्माण गरिएको यो फिल्म वैशाख २८ बाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ