• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    त्रिकोणात्मक टी-२० सिरिज: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

    1.3K
    SHARES



    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुने भएको छ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

    दोस्रो खेल चैत २० मा बरोडासँग खेल्ने भएको छ । चैत २१ गुजरातसँग खेल्नेछ भने सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    यस्तै, बायर लेभरकुसेनले जर्मन बुन्डेसालिगामा होफ्फेनहाइमलाई पराजित गरेको छ । बाय एरेनामा शनिबार सम्पन्न खेलमा घरेलु टोली लेभरकुसेनले होफ्फेनहाइमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    लेभरकुसेनको जितमा रोबर्ट एन्ड्रिच र प्याट्रिक शिकले गोल गरे । पाहुना टोलीका म्याक्सिमिलियन बेअरले गरेको गोल सान्त्वना रह्यो ।

    खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । बेअरले ३३औँ मिनेटमा होफ्फेनहाइमलाई अग्रता दिलाए । तर, निर्धारित ९० मिनेटको खेल सकिँन २ मिनेट बाँकी रहँदा एन्ड्रिचले बराबरी गोल फर्काए ।

    थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा शिकले गोल गर्दै लेभरकुसेनको अपराजित यात्रा कायमै राखे । जितसँगै अपराजित लेभरकुसेनले २७ खेलमा २३ जित र ४ बराबरीसँगै ७३ अंक जोडेको छ। लेभरकुसेन अंक तालिकाको शीर्ष स्थानमा छ ।

    दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको समान खेलबाट ६० अंक रहेको छ । पराजित होफ्फेनहाइम सामन खेलबाट ३३ अंकसहित नवौँ स्थानमा रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया