• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

बर्थडे केक खाँदा १० वर्षीया बालिकाको मृत्यु

4.6K
SHARES



चण्डीगढ । पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो ।

यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा मानवी मृत्यु हुनुभन्दा केही घण्टाअघि केक काटेर आफनो परिवारसँग उत्सव मनाउँदै गरेको देखिन्छ । यो घटना मार्च २४ को साँझको हो ।

बालिकाका हजुरबुवाका अनुसार उक्त दिन साँझ ७ बजे बालिकाको जन्मदिनको उत्सव मनाइएको थियो । केक खाएपछि राति १० बजेसम्म घरका सबै जना बिरामी परे ।

दुई छोरीहरुले बान्ता गर्न थाले । बान्तापछि कान्छी छोरी प्रेमन बाँचिन् । तर मानवीको स्वास्थ्य झनै बिग्रयो । उनलाई तत्कालै अस्पताल पनि लगियो । तर उनलाई बचाउन भने सकिएन ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ