• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    सागर ढकालले लिए ३ विकेट

    1.2K
    SHARES



    काठमाडौं । आयरल्याण्ड ए विरुद्धको टी-२० अभ्यास खेलमा नेपाल एका सागर ढकालले ३ विकेट लिएका छन् ।

    टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए का जेम्स म्याकुलम, रस आदिर र स्टिफन डोहेनीलाई आउट गरेका हुन् ।

    सागरले पहिलो विकेट ३.५ औं ओभरमा जेम्स म्याकुलमको लिए र त्यस्तै ६.२ औं ओभरमा रस आदिरलाई आउट गरे । तेस्रो विकेटका रुपमा उनले ८.१ औं ओभरमा स्टिफन डोहेनीलाई आउट गरेका छन् ।

    त्यस्तै ८.३ औं घरमा पिटर मुर पनि सागर ढकालकै बलमा रनआउट भएका छन् । सागरले ३ ओभर बलिङ गर्दा १५ रन खर्चेर ३ विकेट लिएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ए ले नवौं ओभरको खेल सकिँदा ४ विकेट गुमार ६८ रन बनाएको छ । यसअघि शुक्रबार भएको अभ्यास खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया