• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन- राम माधव

    1K
    SHARES

    काठमाडौँ । भारतीय जनता पार्टीका नेता समेत रहेका इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधवले नेपाललाई हिन्दु राष्ट्र बनाउनमा भारतको कुनै षड्यन्त्र नरहेको दाबी गरेका छन् ।

    अन्तर्राष्ट्रिय नेपाल-भारत संस्कृत सम्मेलनको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष राम माधवले नेपालमा जे हुन्छ यहिका जनता र समाजको निर्णयबाट हुने धारणा राखे ।

    उनले भने, ‘यहाँ कसैले हिन्दु राष्ट्र बनाउने कुरा गर्छ भने यो भारतको षड्यन्त्र हो भन्न थाल्छन् । यसमा भारतको कुनै षड्यन्त्र छैन ।’

    ‘नेपाल र भारत लोकतान्त्रिक देश हुन्, नेपाल हरहमेशा लोकतान्त्रिक देश रहोस् भनी भारतले चाहेको छ’ उनले भने । नेपालमा सफल लोकतन्त्र रहेको बताउँदै उनले त्यसमा यहाँको जनताको योगदान रहेको बताए । ‘यसमा न कसैको षड्यन्त्र छ न हस्तक्षेप छ’ उनले भने । भारत यसमा सहयोग गर्न हमेशा तयार रहेको अध्यक्ष माधवले बताए । नेपालमा कस्तो व्यवस्था हुनुपर्छ त्यो निर्णय गर्ने अधिकार नेपाली जनताको भएको बताउँदै उनले संस्कृत भाषा एउटा सभ्यताको विषय रहेको बताए ।

    नेपाल-भारत संस्कृति र सभ्यतामा मिलेर काम गर्ने बताउँदै अध्यक्ष माधवले भने, ‘युरोपका २७ देश मिलेर त्यहाँका कयौँ मुद्दामा सामूहिक रूपमा छलफल गर्छन् र समस्या समाधान गर्छन् भने नेपाल र भारत मिलेर हाम्रो भाषा, संस्कृति अनि सभ्यताको पुनरुत्थानका लागि काम गर्न किन सकिँदैन ? हामीले प्रयास अगाडि बढाउनुपर्छ ।’

    यस्तै, जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई गरेको कारबाही सभामुखले बदर गरिदिएका छन् । सभामुख देवराज घिमिरेको निर्णयमा जनमत असन्तुष्ट छ । सांसद सापकोटाले भने गल्ती नगरेको कसैलाई सजाय हुनु हुँदैन भन्ने सन्देश गएको बताएका छन् ।

    जनमत पार्टीको संसदीय दलले समानुपातिक सांसद सापकोटालाई पार्टीले निस्कासन गरेको भन्दै २७ फागुनमा संघीय संसद सचिवालयमा पत्र पठाएको थियो । पत्रमा सापकोटाले पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने, सफाइ पेश गर्ने लगायतका पक्रिया पूरा गरेर कारबाही गरेको दाबी गरिएको थियो ।

    तर सभामुखले जनमतको कारबाही सदर गरेनन् । उनले ८ चैतमा जनमतले गरेको कारबाही प्रक्रिया नमिलेको निर्णय गरेका हुन् । त्यसअनुसार कारबाहीको प्रक्रिया नपुगेको भनेर सम्बन्धित दललाई जवाफी पत्र पठाइएको संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

    सभामुखको निर्णयमा जनमत पार्टी असन्तुष्ट छ । ‘प्रक्रिया पुगेकै हो, तर सभामुखबाट नपुगेको निर्णय आएको छ’ जनमत अध्यक्ष सिके राउतले भने, ‘जे पुगेको छैन, त्यो पुर्‍याउँछौं ।’

    सांसद सापकोटा भने सभामुखको निर्णयले गल्ती नगरेको कसैलाई सजाय हुनु हुँदैन भन्ने सन्देश प्रवाह गरेको बताउँछिन् । ‘कारबाहीका लागि पत्र संसद् पुग्दा नरमाइलो लागेको थियो’ उनले भनिन्, ‘सभामुखबाट निर्णय आएको छ ।’

    यस्तो जो कोहीलाई पर्न सक्ने भएकाले संविधान र कानुनको परिपालनाको विषयलाई ख्याल गर्नु नै विधिको शासन हो भन्ने आफ्नो बुझाइ रहेको उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ