• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १ सय ३० ह्वेल माछाको उद्धार

    1.5K
    SHARES



    काठमाडौँ। पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १ सय ३० ह्वेल माछाको उद्धार गरिएको छ ।

    वन्यजन्तु अधिकारीहरूका अनुसार समुद्रमा फसेका अधिकांश ह्वेललाई फिर्ता गर्न सफल भएका छन् । उनीहरूका अनुसार १ सय भन्दा बढी पाइलट ह्वेलहरूको जीवन बचाउनको लागि एक नाटकीय अपरेशन आंशिक सफल भएको छ ।

    उद्धार टोलीहरू ह्वेलहरूलाई हेरचाह गर्न पर्थको दक्षिणी तटीय शहर डन्सबरोमा अवस्थित समुद्र तटमा पुगेका थिए ।

    बिहीबार उद्धार कार्यमा संलग्न जियोग्राफ मरिन रिसर्च समूहका अध्यक्ष इयान विसेले भने, ‘यो एक अत्यन्त कठिन दृश्य थियो, तपाईले देख्न सक्नुहुन्छ कि ह्वेलहरू कति नजिक एकसाथ प्याक भएका थिए ।’

    पार्क एण्ड वाइल्डलाइफ सर्भिस वेस्टर्न अस्ट्रेलियाको विभागका अनुसार कुल १३० वटा समुन्द्र किनारमा डुबेपछि १३० ह्वेल समुद्रमा फिर्ता गरिएको हो, यद्यपि कम्तिमा २८ ह्वेल मरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया