• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सल्यानमा पहिलोपटक क्याम्पस प्रमुख महिला

    857
    SHARES

    काठमाडौँ। जिल्लामै पहिलोपटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ । वनगाड कुपिण्डे नगरपालिका- ६ सुनौलीबजारमा रहेको वनगाड क्याम्पसमा पहिलोपटक देवकी मल्ल नियुक्त भएकी छिन् ।

    २०६६ सालमा स्थापना भई २०६९ सालमा सम्बन्धन प्राप्त गरेको क्याम्पसले पहिलाेपटक महिलाकाे नेतृत्व पाएकाे हाे । सल्यानमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सात क्याम्पस सञ्चालनमा रहेका छन् । सातमध्ये वनगाड क्याम्पसले पहिलोपटक महिलालाई प्रमुखको रूपमा जिम्मेवारी दिएको छ ।

    क्याम्पसको सुधारका लागि काम गर्ने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको मल्लले बताइन् । उनले भनिन्, ‘समाजमा महिलालाई अझै पनि सकारात्मक ढंगले हेर्ने गरेको पाइँदैन । महिलाहरूले पनि अवसर पाए पनि काम गर्न सक्छन् र समाजको पनि नेतृत्व गर्न सक्छन् बन्ने उदाहरण बन्ने प्रयास गर्नेछु ।’

    पदभार ग्रहण कार्यक्रममा बोल्दै नगर उपप्रमुख पुरुषोत्तम आचार्यले जिल्लामा पहिलोपटक महिलाले क्याम्पसकाे नेतृत्व पाएकाे र उदाहरण प्रस्तुत गर्न आग्रह गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ