• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मधेश राजनीति

    वन मन्त्रालय स्वीकार नगर्ने विनाविभागीय मन्त्री साहको अडान

    1.3K
    SHARES



    काठमाडौँ । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद साहले वन मन्त्रालय स्वीकार नगर्ने अडान लिएका छन् ।

    आफूलाई जिम्मेवारी दिएको वन तथा वातावरण मन्त्रीको जिम्मेवारी स्वीकार नगर्ने मन्त्रि साहको भनाइ छ ।

    अर्थ मन्त्रालय लिने अडान लिएका माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मुख्यमन्त्री सरोज कुमार यादवले आज वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    मुख्यमन्त्रीको कार्यविभाजनको सिफारिस अनुसार मधेश प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरेको छ । साहले आफू पनि प्रदेश प्रमुखको कार्यालयबाट प्रकाशित सूचनाबाट नै जानकारी पाएको बताए ।

    ‘मैले पनि त्यही सूचनाबाटै जानकारी पाएँ । मुख्यमन्त्रीले विश्वासको मत लिनु पूर्व गरेको सहमति कार्यान्वयन गर्नुपर्छ । वन मन्त्रालय म स्वीकार गर्दिनँ ।’ उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ