• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने

    1K
    SHARES



    काठमाडौं । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो ।

    नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको बताए । नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ ।

    चीनले पनि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक पटक प्रयास भएको थियो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएका बेला यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा गएका बेला यो विषयलाई टुङ्गो लगाएर आएका थिए ।

    उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गरेका थिए । चैत १३ गते लगानी सम्मेलनको तयारीका लागि चीनमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ पर्यटकका लागि फ्री भिसा लागू गरिएका कारण लगानी गर्न सजिलो हुने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ