• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इलाम–२: मतान्तर घटाउँदै एमालेका सुहाङ

    516
    SHARES



    इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ।

    अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ। कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन्।

    एमाले उम्मेदवार नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले चार सय ३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले तीन सय ५ मत प्राप्त गरेका छन्।

    अहिले फाकफोकथुम गाउँपालिकाकै वडा नम्बर ४ मा खसेको मत गणना भइरहेको छ। अहिलेसम्म वडा नम्बर १, २ र ३ को गणना सकिएको निर्वाचन आयोगले जनाएको छ।

    २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ