• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सयौँ आयोजना खारेज गरिदिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    1.3K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्तो आयोजनालाई खारेज गरिदिने बताएका छन् । बजेट निर्माणको परम्परागत शैली बदल्न सरकार लागिपरेको भन्दै प्रचण्डले बजेट जनतामा आशा जगाउने खालको बनाउने बताए ।

    बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘पुराना भएका सबै आयोजनाहरू लाई पनि निरन्तरता दिनैपर्ने, ती साना हुन्, ठुला हुन्, पुरा हुने खालका हुन्, पुरा नहुने खालका हुन्, ७० वर्ष लाग्ने खालका हुन्, ५० वर्ष लाग्ने हुन् । तर पनि धानेर लानै पर्ने । राष्ट्रिय गौरवका आयोजनाहरूलाई पनि सबै लिएर जानैपर्ने अनि सबै मन्त्रालयहरूले नयाँ-नयाँ योजनाहरू पनि थप्नै पर्ने । अनि हरेक वर्षमा जाँदा हामी झन् ठुला आर्थिक सङ्कटमा वा दबाबमा हुने जुन परिस्थिति बनेको छ, मैलै यसअघि क्याबिनेट र संसदमा भनिसकेको छु र आजको राष्ट्रिय विकास समस्या समाधान समितिमा भन्ने कुरा हो यो, अब यो स्थितिलाई हामीले बदल्छौँ ।’

    अब संघीय सरकारले लामो समयदेखी अल्झिएर बसेका आयोजनामा १०/१५ लाख रुपैयाँ बजेट राखेर थप नबल्झाउने उनले बताए । नेपालमा आयोजनाहरु दलीय दलदलमा फसेको उनको भनाइ छ । यो अवस्था आगामी आवबाट समाधान गरिने उनको प्रतिबद्धता छ ।

    ‘सयौँ त्यस्ता आयोजनाहरू छन् जो सफल हुने वालापनि छैनन्, त्यहाँ १० लाख, २० लाख राख्ने कुरालाई बन्द गरिदिऊँ । सब खारेज गरिदिऊँ तिनलाई ।’ उनले भने ‘जो सम्पन्न हुन सम्भव छन्, तीनमा बजेट केन्द्रित गरेर छिटो टुंग्याउँ । बाँकी जनतामा आशा जागोस् । कुन चाहिँलाई प्राथमिकता दिने भन्नेबारे र जसले जनतालाई आशा जगाउन सक्छ त्यसबारे ध्यान दिऊँ । जनतामा आशा र परिणाम दिन पनि बजेट निर्माणको परम्परागत शैली बदलौँ ।’

    नले आयोजनाको प्राथमिकीकरण गरी बजेटमा राख्न समेत सरोकारवालालाई निर्देशन दिए । नयाँ आयोजना राख्दा जनतामा आशा जगाउने गरी मात्र राख्न उनले निर्देशन दिए । कामको परम्परा शैली बदल्नु पर्ने भन्दै राजस्व बढाउने गरी काम गर्न समेत उनले निर्देशन दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ