• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

    617
    SHARES

    काठमाडौँ । आज (बिहीबार) अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।

    अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गरेर निर्णय हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्दछ ।

    यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् । सरकारले दिने भनेको राहत नपाएर कतिपय भूकम्प पीडितहरु चर्किएको घर र पालमै बस्न बाध्य भैरहँदा गृहमन्त्रीले यस्तो दाबी गरेका छन् ।

    हिजो प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मनसुन शुरु हुनुअगावै राहत वितरण गरिने बताएका हुन् । ५ महिनाअघि कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका-१ लामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लाका बासिन्दा प्रभावित भएका छन् ।

    जाजरकोटमा ४२ हजार ५ सयभन्दा बढी लाभग्राही कायम भएकोमा ३० हजारभन्दा बढीले अस्थायी आवास बनाएका छन् । यस्तै रुकुम पश्चिमका ३१ हजार ३ सय लाभग्राही रहेकोमा झण्डै ३० हजार अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर पहिलो किस्ता पाएका कतिपयले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

    अस्थायी आवास बनाउन नसकेका भूकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसक्दा कतिपय परिवार पाँच महिनादेखि त्रिपालमुनी बसिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ