• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    निर्देशनको बेवास्ता गरेपछि खेलकुद मन्त्रालयले राखेपलाई पठायो दोस्रो पत्र

    363
    SHARES

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आफ्नो निर्देशनलाई बेवास्ता गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अर्को पत्र पठाएको छ । मन्त्रालयले सोमबार राखेपलाई दोस्रो पत्र पठाउँदै तत्काल अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कारवाही गरी त्यसको जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।

    यसअघि एन्फालाई आवश्यक कारवाही गरी तत्काल त्यसको जानकारी आफूलाई पठाउन फागुन ३० गते मन्त्रालयले राखेपलाई पत्र पठाएको थियो । राखेपले त्यसको जवाफ नठाएपछि मन्त्रालयले सोमबार राखेपको नाममा अर्को पत्र काटेको हो ।

    ‘बहराइनमा आयोजना हुने फिफा वल्र्ड कप क्वालिफायरमा सहभागिताका लागि एन्फाले परिषद्को स्वीकृति नलिएको भन्ने देखिएकाले सो सम्बन्धमा कानुन बमोजिम आवश्यक कारवाही गरी यस मन्त्रालयलाई जानकारी गराउनु भनी लेखि पठाएकोमा हालसम्म कुनै जानकारी प्राप्त नभएकोले सो सम्बन्धमा भएको कारबाहीको जानकारी यस मन्त्रालयलाई अविलम्ब गराउनु हुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयका शाखा अधिकृत दलबहादुर बस्नेतको हस्ताक्षरमा पठाइएको पत्रमा भनिएको छ ।

    बहराइनमा सम्पन्न एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोट फुटबलमा नेपाली टोली दुबै खेलमा ठूलो अन्तरले पराजित भइसकेको छ । गत बिहीबार सम्पन्न पहिलो खेलमा बहराइने नेपाललाई ५–० गोलले हराएको थियो । मंगलबार सम्पन्न दोस्रो लेग खेलमा पनि बहराइने नेपाललाई ३-० गोलले पराजित गरेको थियो ।

    नेपाली टोलीले एउटा खेल बहराइन र अर्को खेल नेपालको घरेलु मैदानमा खेलिनु पर्ने थियो । तर, दशरथ रंगशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै एन्फाले दोस्रो खेल पनि बहराइनमै खेल्ने सहमति जनाएको थियो । एन्फाको उक्त निणर्यको ब्यापक आलोचना भएको थियो ।

    विगतकै परम्परालाई निरन्त दिँदै एन्फाले मलेसिया र बहराइन भ्रमणमा पनि ठूलो संख्यामा खेल पदाधिकारी पठाएको थियो । कतिपय पदाधिकारी सिधै बहराइन पुगेका थिए भने केही पदाधिकारी मलेसिया हुँदै बहराइन पुगेका थिए ।

    बहराइन प्रस्थान गर्नुअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा पनि नेपाली टोली १–५ गोलले पराजित भएको थियो । एन्फाले विश्वकप छनोट खेलका लागि आवश्यक नरहेका ब्यक्तिलाई समेत बहराइन पठाएको छ । एन्फाको उक्त निणर्यको पनि निकै आलोचना भएको थियो ।

    यो विषयलाई लिएर युवा तथा खेलकुद मन्त्रालय पनि एन्फासँग रुष्ट देखिएको छ । विश्वकप छनोट खेलमा ठुलो संख्यामा असम्बद्ध ब्यक्तिसमेत पठाइएको भन्दै खेलकुद मन्त्रालयले एन्फामाथि कारबाही प्रक्रिया अगाडि बढाउन राखेपलाई निर्देशनात्मक पत्र पठाएको थियो ।

    राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ ले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता वा अन्य खेल गतिविधिमा खेलाडी वा पदाधिकारी पठाउँदा राखेपको पूर्वस्वीकृति लिनुपर्ने ब्यवस्था गरेको छ । तर, एन्फालाई विश्वकप छनोट खेलमा ठुलो संख्यामा पदाधिकारी पठाउँदा आफूले कुनै स्वीकृति नदिएको जवाफ राखेपले मन्त्रालयलाई फर्काएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ