• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    क्रिकेट लिगमा स्‍पट फिक्सिङको आरोप लागेका खेलाडीले पाए सफाइ

    1.1K
    SHARES



    काठमाडौँ। नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका ५ जनाले सफाइ पाएका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले सोमबार दाबी नपुगेको भन्दै पाँचै जनालाई सफाइ दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी गराएका छन् ।

    अघिल्लो वर्ष पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी-२० का खेलमा स्पट फिक्सिङ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान अघि बढाएको थियो ।

    जसमा सिआइबीले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो। नवीन कँडेल र रवि माझी फरार थिए।

    उनीहरू तीन जनालाई अदालतले गत वर्ष फागुनमा तीन-तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    सिआइबीले १२ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेपछि सरकारी वकिल कार्यालय काठमाडौंले ५ जनाविरूद्ध मात्रै मुद्दा दर्ता गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ