• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    एमाजनको जंगलमा भेटियो खतरनाक जुका, लम्बाई १८ इन्च

    3.5K
    SHARES

    काठमाडौँ । जुका भन्ने बित्तिकै केही मान्छेलाई निकै डर लाग्छ । जुका १८ इन्च लामो हुन्छ भन्ने सुनेपछी त झन् जोकोहीलाई डर लाग्ने नै भयो ? जुकाहरू विश्वभर नै प्रायः ओसिलो र छिपछिपे पानी हुने ठाउँमा पाइन्छ ।

    अधिकांश जुका मान्छेको माइली औँलाभन्दा पनि साना हुन्छन् । केही योभन्दा ठुलो हुन पनि सक्छन् । तर यसको एउटा प्रजाति यति ठुलो हुन्छ कि झट्ट हेर्दा कतिको सातो नै जान सक्छ र दिमाखमा सर्पको प्रजाति हो कि भन्ने पनि लग्नसक्छ ।

    एमाजनको जंगलमा पाइने यो विशाल जुकाको नाम हेमेन्तेरिया घिलियानी हो । यो ब्राजिल नजिकका केही स्थान र फ्रेन्च गायनामा मात्रै पाइन्छ । त्यसैले तपाईँसम्म यो जुका आउने सम्भावना कम हुन सक्छ ।

    अधिकांश जुकाको प्रजाति ३० देखि ३६ सेमीसम्म लामो हुन सक्छन् । अपवादका केही प्रजाति ४६ सेमीसम्म पनि लामो हुन सक्छन् । तर हेमेन्तेरिया घिलियानी १८ इन्चसम्म लामो हुनसक्छ । यसलाई पहिलो पटक सन् १८४९ मा इटलीका प्रकृतिविद् भिट्टोरे घिलियानीले फेला पारेका थिए ।

    अनलाइनमा भेटिएका केही जानकारीका अनुसार यो जीवले एक मिनेटमा मानव शरीरबाट ४ देखि १५ मिलिमिटरका दरले रगत चुस्न सक्छ । यो जुकाको सूँड मान्छेको शरीरमा १० सेमीसम्म भित्र पसेर रगत चुस्छ ।

    सामान्य जुकाले रगत चुस्दा मुख गाँडेको ठाउँमा चिलाउन थाल्छ । तर यसको मुखबाट निस्कने केमिकलको ककटेलका कारण घोचेको ठाउँमा लट्ठ हुन्छ । त्यसैले मान्छेहरूले थाहै पाउँदैनन् । यो जुका महिनौँसम्म केही नखाईकन पनि बाँच्न सक्छ । रगत चुस्न थालेपछि यी जुकाको शरीरको तौल ३ देखि ६ गुणासम्म बढ्ने गर्दछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ