• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

जब अपहरणकारीसँग दुई वर्षीय बालक छुट्टिन मानेनन्

12.1K
SHARES



काठमाडौँ । १४ महिनासम्म अपहरणकारीसँग बिताएका दुई वर्षीय बालक आफ्नो परिवारको साथ जानुपर्दा निकै रोए, ती बालकलाई अपहरकारीको साथ छाड्न मन थिएन । घटना भारतको राजस्थान राज्यको जयपुरको हो । करिब १४ महिना अघि जयपुरको सांगानेरस्थित घरबाटै पृथ्वी नाम गरेका १ वर्षीय बालक अपहृत भएका थिए ।

हालै जयपुर प्रहरीले अपहरकारीलाई अलीगढबाट नियन्त्रणमा लिएको हो । अपहरणकारीसँग रहेका बालकलाई प्रहरीले उद्धार गरेर प्रहरीको जिम्मा लगाउन खोज्दा बालक निकै रोइरहेको थियो । उसले अपहरणकारीसँग छुट्टिन नमानेर रोएको दृश्यले प्रहरीको पनि आँखा रसायो ।

प्रहरीले ती बालकलाई आमाको जिम्मा लगाए, तर फुत्केर ती बालक फेरि पनि अपहरणकारीकै साथ पुगेर रुन्थ्यो । १४ महिनासम्म बालकलाई आफूसँग राख्दा अपहरणकारीले ती बालकलाई कुनै प्रकारको हानि नगरेको, बरु खेल्नका लागि विभिन्न खेलौना, नयाँ कपडा किनेर ल्याउने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार तनुज नाम गरेका अपहरणकारीले ती बालक आफ्नो छोरा रहेको दाबी गर्दै आएका छन् । बालकलाई अपहरण गरेपछि पनि तनुजले बालककी आमासँग फोन सम्पर्क गरी आफूसँगै बस्न बारम्बार आग्रह गर्दै आएको बताइएको छ ।

प्रहरीले प्रेम प्रसङ्गको कोणबाट यो घटनालाई अनुसन्धान गरिरहेको बताइएको छ । तत्कालका लागि अपहरणकारी तनुजलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बालकलाई उसको परिवारको जिम्मा लगाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ