काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको १ सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रूपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको हो । झा ४ रन बनाउँदै पेभेलियन फर्किए ।
उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराएका थिए । ४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाएको छ ।
प्रतिक्रिया