• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    आयरल्याण्डसँग खेल्ने नेपाल ‘ए’को टोली घोषणा

    869
    SHARES



    काठमाडौं । आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ ।

    टी-यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी-२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो ।

    विनोद भण्डारीको कप्तानीमा दुवै फर्म्याटको टोली घोषणा गरिएको हो । टी-२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन् ।

    यस्तै एक दिवसीय खेलका लागि विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री, मौसम ढकाल रहेका छन् ।

    नेपाल ए ले यही मार्च २८, २९ र ३० मा आयरल्याण्डसँग टी-२० खेल्दैछ भने अप्रिल ३, ५ र ७ एक दिवसीय खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ