• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

प्रदेश

सुदूरपश्चिम प्रदेशसभामा ४ संसदीय समितिका सभापति चयन

3.4K
SHARES



काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाका विषयगत चार समितिमा सभापति चयन भएका छन् ।

निर्वाचन भएको एक वर्षपछि बुधवार विषयगत चार समितिले सभापति पाएका हुन् । चारवटै समिति सभापति सर्वसम्मत चयन भएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभाका सचिव नरेन्द्रबहादुर पालकाअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद माया पन्त चयन भएका छन् ।

त्यसैगरी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद वीरबहादुर थापा चयन भएको सचिव पालले बताए ।

दलहरूबिच संसदीय समिति सभापति पदमा दलीय भागबन्डा गरिएको थियो । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने कुनै सभापति नपाएपछि अर्को समिति थप गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ