काठमाडौं । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ ।
बिहीबार तोलामा १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य भने शुक्रबार १ हजार ५ सय रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया