• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    धोनीले छाडे चेन्नईको कप्तानी, को बने नयाँ कप्तान ?

    1.6K
    SHARES



    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्रसिंह धोनीले नगर्ने भएका छन् ।

    आईपीएलका सर्वाधिक सफल कप्तान धोनी यसवर्ष खेलाडीको रुपमा मात्रै खेल्ने भएका छन् । चेन्नईले युवा ओपनर ऋतुराज गायकवाडलाई नयाँ कप्तानमा नियुक्त गरेको छ । धोनीको यो अन्तिम आईपीएल सिजन पनि हो ।

    धोनीले २००८ देखि नै चेन्नईको कप्तानी गरेका थिए । उनको कप्तानीमा चेन्नईले १४ संस्करण खेल्दा ५ पटक उपाधि, ५ पटक फाइनलमा पराजित र १२ पटक प्लेअफ खेलेको थियो ।

    चेन्नई सन् २०२० र २०२२ मा मात्रै पहिलो चरणबाट बाहिरिएको थियो । धोनीको कप्तानीमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो ।

    धोनीले २०२२ मा पनि कप्तानी छाड्दै रवीन्द्र जडेजालाई दिएका थिए । तर जडेजाको कप्तानीमा कमजोर प्रदर्शनपछि धोनी पुनः कप्तानमा फर्किएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ