• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    खेलाडी पलायन निराकरण गर्न मन्त्री श्रेष्ठसँग आग्रह

    834
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलाडी पलायन निराकरण गर्नका लागि ठोस कदम चाल्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन् ।

    खेलाडी सङ्घले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ७ बुँदे सुझाव दिँदै उक्त आग्रह गरेको हो । सङ्घका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्री श्रेष्ठलाई सुझाव पत्र प्रदान गरेको हो ।

    राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेका खेलाडीलाई संरक्षण गर्न नसक्दा बिदेसिएको अवस्था रहेको खेलाडी सङ्घले सुझाव उल्लेख गरेको छ । सङ्घले तत्काल ठोस योजना बनाएर खेलाडीलाई स्वदेशमै रहन सक्ने वातावरण मिलाउन मन्त्री श्रेष्ठलाई आग्रह गरेको छ ।

    साथै पदक विजेतालाई घोषित पुरस्कार समयमा उपलब्ध गराइदिन पनि खेलाडीहरूले आग्रह गरेका छन् । खेलाडी सङ्घले १९ औँ एशियाली खेलकुद प्रतियोगिता र चौथो एसियाली पारा खेलकुदमा पदक विजेता खेलाडीका लागि घोषित पुरस्कार समयमा नै पाउने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।

    सुझाव पत्रमा खेलाडी सङ्घले दसौँ राष्ट्रिय खेलकुद समयमा नै गर्ने सुनिश्चितता गर्न पनि सुझाव दिएको छ । यो संस्करण आगामी वर्ष मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा तय गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया