• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास समाचार

    फेरी कमरेड किरणकै नेतृत्वमा काम गर्न पाउँदा गौरवान्वित छौं- नेपाली जनप्रगतिशिल मोर्चा कुवेत

    5.8K
    SHARES

    काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा कुवेतले फेरी पनि मोहन बैद्य ‘किरण’ कै नेतृत्वमा समावेश भएर काम गर्न पाउँदा गौरवान्वित महशुस भएको बताएको छ । संगठनका अध्यक्ष विकल्प र महासचिव सुरेश कालिकोटेले एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई समर्थन जनाएको बताएका छन् ।

    यसअघि सन् २००७ सालमा किरणकै नेतृत्वमा रहेको पार्टीकै भातृ संगठनको रुपमा स्थापना भएको नेपाली जनप्रगतिशिल मोर्चा कुवेत टुटफुट र विभाजनसंगै विभाजित पार्टीलाई समर्थन गर्दै आएकोमा अहिले फेरी नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीको एकतापछि किरणकै नेतृत्वमा बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भातृ संगठनको रुपमा काम गर्न पाउँदा गौरवान्वित महसुस भएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘अहिले नेकपा क्रान्तिकारी माओवादी र नेकमा बहुमतबिच पार्टी एकता प्रक्रियामा गएपछि नेतृत्वको सल्लाह अनुसार नै कमरेड मोहन वैद्य( किरण ) को नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई नेपाली जन प्रगतिशिल मोर्चा कुवेतले समर्थन जनाएको छ। हिजो किरण कमरेड नेतृत्वको पार्टी हुँदा गठन भएको नेपाली जन प्रगतिशील मोर्चा कुवेत आज फेरि उहाँकै नेतृत्वमा समावेस भएर काम गर्न पाउँदा आफुलाइ गौरवान्वित ठान्दछ। आजकै मितिदेखि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई समर्थन गर्दै उक्त पार्टीमा आवद्ध भएको व्यहोरा यसै विज्ञप्तिमार्फत सबैको जानकारीका नीम्ति सार्वजनिक गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ