• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    फाइनलमा पपुवा न्युगिनीसँग नेपालको हार

    1.5K
    SHARES



    काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

    जितको लागि १ य ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पपुवा न्युगिनीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

    कबुवा पहिलो खेलमा नेपालविरुद्ध खेलेका थिएनन् । गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भए । सेसे बाउको आठौं ओभरको पहिलो बलमा रोहित पौडेल १२ रनमा वैकल्पिक फिल्डर चार्ल्स अमिनबाट क्याच आउट भएपछि नेपाल ३७-४ को अवस्थामा पुगेको थियो ।

    चाद सोपरको बलमा सन्दीप जोरा १७ रनमा बाउबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना कठिन बनेको थियो । लगातार ८ बल डटपछि दबाबमा हाबामा ब्याट उठाएका विवेक यादव १ रनमा क्याच आउट भए ।

    पहिलो खेल नखेलेका चाद सोपर र एली नाओले पनि उत्कृष्ट बलिङ गरे । चाद सोपर र सेसे बाउले २-२ विकेट लिए । एली नाओले १ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया