काठमाण्डौ । त्रिदेशीय टी- २० क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।
हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो ।
पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ । याे समाचार तयार पार्दासम्म नेपालले १ ओभरमा १ विकेट गुमाएर ६ रन बनाएकाे छ ।
प्रतिक्रिया