• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    टी-२० आईमा कुशल भुर्तेलको १ हजार रन पूरा

    12.4K
    SHARES

    काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई करिअरमा १ हजार रन पूरा गरेका छन् ।

    त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आउट भए । त्योसँगै १ हजार रन पनि पूरा गरेका हुन् ।

    कुशलले ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १ सय १ चौका र ४४ छक्का हान्दै १ हजार ८ रन बनाएका छन् । उनी नेपालबाट टी-२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्धशतकसहित १४७६ रन बनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ