• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पोप फ्रान्सिसको भनाइबाट युक्रेन आक्रोशित

    5.1K
    SHARES



    काठमाडौँ । युक्रेनले पोप फ्रान्सिसको अपिल अस्वीकार गरेको छ । पोपले युक्रेनलाई विगत दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न रुससँग वार्ता गर्न आग्रह गरेका थिए ।

    उनले युक्रेनलाई ‘सेतो झण्डा फहराउने साहस गर्नुपर्ने’ सुझाव दिएका थिए । अन्तर्राष्ट्रिय रूपमा सेतो झण्डालाई युद्धविराम वा वार्ता वा आत्मसमर्पण गर्न इच्छुक भएको सङ्केत मानिन्छ ।

    पोपको अपिलको जवाफ दिँदै युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले देशको नीलो र पहेँलो झण्डा बाहेक अरू कुनै झण्डा कहिल्यै फहराउन नसकिने बताए ।

    युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि पोपको भनाइलाई अस्वीकार गरेका छन् । भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया